आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

चन्द्रागिरीको बिल देखेर माधव चकित, रक्सीको हिसाब नगर्दा नै त्यत्रो ?


  • बुधबार, भाद्र ९ २०७८
11.7K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा एकीकृत सामाजवादी (एस) पार्टीको पहिलो केन्द्रीय समिति बैठक चन्दागिरी रिर्सोटमा चलिरहेका छ । एमाले विभाजन गराएर दर्ता प्रक्रियामा रहेको एसको पहिलो केन्द्रीय समिति बैठक चन्द्रगिरीमा बसेको हो ।

पार्टीको नाम समाजवादी राखे पनि माधव नेपालको समाजवादको यात्रा महंगो रिसोर्टमा मस्ती गराएर सुरु भएको छ । दलवल सहित चन्द्रागिरी रिसोर्ट पुगेको समाजवादी टिमले कति खर्च त्यहाँ बसेर गरिरहको छ भन्ने जिज्ञासा सबैमा रहको छ ।

रिसोर्ट प्रशासनका अनुसार चन्द्रागिरी रिसोर्टमा एक रातको एउटा बेडको शुल्क केबलकार, ब्रेकफास्ट र बेड शुल्क जोडेर ८ हजार रुपैयाँ छ ।

रिसोर्ट प्रशासनका अनुसार एक रातको एउटा बेडको शुल्क केबलकार, ब्रेकफास्ट र बेड शुल्क जोडेर ८ हजार रुपैयाँ छ ।त्यसबाहेक एकछाक खानाको १ हजार ४ सय रुपैयाँ तोकिएको छ । यसमा रक्सी लगायतका पेय पदार्थको हिसा गरिएको छैन । त्यसको रकम थपिने छ ।

नेपालसहित करिब ६ दर्जन व्यक्तिका लागि रिसोर्ट बुक गरिएको छ । होटलले उल्लेख गरेको शुल्कअनुसार न्यूनतम खर्च मात्रै हिसाब गर्ने हो भने ६० देखि ७० जनाको एक रातको होटल बसाइ शुल्क ६ लाखभन्दा माथि पुग्छ ।

नेपाल पक्षका केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले आफूहरू दर्ता प्रक्रियामा रहेको पार्टीको सांगठनिक, राजनीतिक र वैचारिक सबै किसिमका योजना तर्जुमा गर्न रिसोर्टमा भेला भएको बताए । संस्थापन पक्षको तानातानबाट जोगाउन रिसोर्टमा जानुभएको हो रु भन्ने प्रश्नमा उनले नयाँ दल गठनमा सामेल भएकाहरू कसैको आश्वासन र लोभमा नफस्ने बताए ।

‘नयाँ पार्टी गठन भइसक्यो, अब हाम्रो नेता माधवकुमार नेपाल हुनुहुन्छ, उहाँको सहमति र सल्लाहमा भएका बैठक र छलफल मात्रै हाम्रा लागि मान्य हुने हो,’ उनले भने, ‘अरू कसले कहाँ बतासे फूल पार्दै हिँड्नुहुन्छ, कोसँग भेटघाट गर्नुहुन्छ, त्यसमा नयाँ पार्टी गठनमा संलग्न कसैको सरोकार र सम्बन्ध छैन ।’

उनले यसअघि नेपाललाई साथ दिएका तर नयाँ दल दर्ता प्रक्रियामा असन्तुष्ट रहेर एमालेमै बसेका नेता नभए पनि आफूहरूको अभियानमा कुनै फरक नपर्ने बताए ।

नेपाल पक्षमा लागेका सांसद र केन्द्रीय सदस्यहरू एकढिक्का रहेको र कसैले हल्लाउन नसक्ने बताए । नयाँ दल गठनप्रति असन्तुष्ट तेस्रो धारका एमाले नेताहरू र अध्यक्ष केपी शर्मा ओलीबीच सोमबारै ओली निवास बालकोटमा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने र यसअघिको १० बुँदे समझदारी कार्यान्वयन गर्ने सहमति बनेको थियो ।

सहमति भएकै दिन तेस्रो धारका नेताहरूले सांसद र केन्द्रीय सदस्यलाई प्रभावित पार्न सक्ने जोखिम देखेर नेपालले आफूनिकट नेताहरूलाई रिसोर्ट पुर्‍याएको संस्थापन पक्षका एक नेताले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा