शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माधव नेपालको पार्टीमा कसरी आयो भीम रावलको नाम ?, छक्क परे सबैजना !


  • बुधबार, भाद्र ९ २०७८
12.2K
SHARES

फाइल तस्विर

काठमाडौँ – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (एस)मा भीम रावलको नाम जोडिएको छ । नेकपा (एमाले) परित्याग गरी बनेको नेकपा एसमा भीम रावलको नाम जोडिएको हो ।

एमाले उपाध्यक्ष रहेको रावललाई एस पार्टीको विद्यान लेखेको आरोप लागेको छ । उक्त आरोपको रावलले खण्डन गरेका छन् ।

उनले एमालेमा फर्किएको आरोप पनि लाग्ने गरेको छ । तर उनले आफू एमालेमा फर्किएको नभएर एमालेमै रहेको बताएका छन् ।

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

माधव नेपालको पार्टीको विधान भीम रावलले नै लेखेको भन्दै हल्ला चलिरहेका बेला नेता रावलले माधव नेपालले निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको नेकपा एसको विधान आफूले नलेखेको दाबी गरेका छन् ।

उनले आफूले एमाले विभाजन गर्नको लागि माधव नेपाललाई नउकासेको पनि जिकिर गरे । उनले माधव नेपालहरु आ आफ्नो स्वार्थमा लागेको पनि आरोप लगाए ।

उनले दल विभाजन गर्नु गम्भीर गलत भएको भन्दै यसमा आफ्नो कुनै सहमति नभएको जिकिर गरे । उनले आफूले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता नगरेको पनि स्पष्ट पारे ।

एमालेले एकताका गठित कार्यदलको १० बुँदे सम्झौता कार्यन्वयन गर्ने निर्णय गरेका बेला माधव नेपालको नेतृत्वमा नयाँ दलले औपचारिकता पाउदैछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा