नेकपा एमालेका सचिव योगेश भट्टराई ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका छन् । यो बिचमा पार्टी अध्यक्ष ओली तानासाही भएको भन्दै माधव नेपाल समूहमा रहेर चर्को ओलीको विरोधमा उत्रिएका योगेश १० बुँदे सहमति कार्यान्वयन गरेर एमालेमा आन्तरिक एकता कायम भएको भन्दै प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका छन्।
माधव नेपाल पक्षले नयाँ पार्टी खोलेको स्थिति छ भने दोस्रो धारका माधव नेपाललाई सहयोग गरेका भनिएका नेताहरू मूल पार्टी एमालेमै रहेको अवस्था छ ।
बुधबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनको सञ्चालन प्रचार विभाग प्रमुखका हैसियतमा योगेशले गरेसँगै एमाले औपचारिक रूपमा २०७५ जेठ २ को संरचनाबाट अघि बढेको स्थायी कमिटी सदस्य विष्णु रिमालले बताए ।
यसबीचमा एमालेले फागुन २३ को फैसलापछि माधव नेपाल पक्षले समानान्तर गतिविधि चलाउन्जेल प्रदिप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मा दिएको थियो ।
२०७५ जेठ २ अघिको संरचनामा एमालेमा प्रवक्ता पद थिएन । प्रचार विभाग प्रमुखले नै प्रवक्ताको भूमिका निर्वाह गर्ने प्रचलन रहेकाले योगेश नै प्रवक्ता थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।