शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माधव नेपाल तनावमा ! विभाजनमा हस्ताक्षर गरेका भास्कर काफ्ले सनाखत गर्न गएनन्


  • बुधबार, भाद्र ९ २०७८
12.1K
SHARES

तस्विरः फाइल

नेकपा एमाले विभाजनका लागि हस्ताक्षर गरेका केन्द्रीय सदस्य भाष्कर काफ्ले सनाखतका लागि निर्वाचन आयोग नजाने भएका छन् । उनले पार्टी विभाजनमा साथ नदिने र केपी ओली नेतृत्वको नेकपा एमालेमै रहने जनाएका छन् ।

एमालेको अन्तरसंघर्षमा लामो समय माधव नेपालसंगै रहेका काफ्ले ताप्लेजुङ जिल्ला र्इञ्चार्ज समेत हुन् । पार्टी विभाजनका दौरानमा दोस्रो पुस्ताका अधिकांश नेता एमालेमै रहने निश्चित भएपछि काफ्ले पनि एकताकै पक्षमा उभिएका हुन् ।

‘दश बुँदे सहमति कार्यान्वयनबाटै एमाले एकता जोगाउने निष्कर्षमा पुगेका छौं । विभाजनभन्दा संघर्ष र सहकार्यबाटै अघि बढ्नु उपयुक्त लागेको उनको ठहर छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा