शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ओली पार्टीमा झन् शक्तिशाली बन्दै, शक्तिशाली अध्यक्षकै प्रस्ताव अघि बढाउने सङ्केत


  • बुधबार, भाद्र ९ २०७८
15.1K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने विधान संशोधन प्रस्तावलाई नै अघि बढाउने संकेत गरेका छन् ।

२५ साउनमा आफ्नो पक्षका नेताहरु मात्र उपस्थित केन्द्रीय कमिटी बैठकमार्फत ओलीले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन गर्ने विधान संशोधन प्रस्ताव पास गरेका थिए । १२ पदाधिकारी भने केन्द्रीय कमिटीले मनोनित गर्नेछ ।

यसले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने ओली समूह इतरका नेताहरुको चिन्ता थियो । तर माधवकुमार नेपाललाई छाडेर एमालेमै बसेका नेताहरु स्थायी कमिटीमा आएको भोलिपल्टै ओलीले त्यही प्रस्ताव अघि बढाउने संकेत गरेका छन् ।

बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रमुख नेता सोझै र अरु पदहरु अनुकूल ढंगले पार्टी सञ्चालन गर्ने गरी मिलाउनु पर्छ ।’

चुनाव हारेका मान्छेले मलाई अध्यक्ष चाहियो भन्ने गरेको भन्दै उनले भने, ‘यदि केन्द्रीय सदस्यबाट अध्यक्ष छान्ने प्रणाली ल्यायौं भने सधैं अध्यक्ष फेर्ने खेल हुन्छ । त्यसले पार्टीमा स्थिरता हुँदैन । लोकतान्त्रिक अभ्यासका नाम गुटबन्दी भइरहन्छ ।’

अरु पदहरुमा भने अध्यक्षले अनुकूल ढंगले पार्टी सञ्चालन गर्ने गरी मनोनित गर्नुपर्ने उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा