नेकपा एकीकृत समाजवादी पार्टीका संयोजक माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले विभाजित भएको निश्कर्ष निकालेका छन् ।
१० बुँदे प्रस्तावका आधारमा एकता प्रक्रियामा सामेल हुन एमालेकै तेस्रो धारका नेताहरूले आग्रह गरिरहेका बेला नेता नेपालले ओलीकै कारण एमाले विभाजनको अवस्थामा पुगेको बताएका हुन् । नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बुधबार निर्वाचन आयोगबाट मान्यता पाउँदैछ ।
माधव समूहका नेताहरूले दोस्रो धारका पहिले माधव नेपाल लाई सहयोग गर्ने नेताहरूले १० बुधेको नाममा नाटक मञ्चन गरिरहेको समेत भन्न भ्याएका छन् ।
नेता नेपालको पार्टी नेकपा समाजवादीको घोषणापत्रमा नेता नेपालले तत्कालीन नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिए पनि अध्यक्ष ओलीले जेठ २ को एमाले केन्द्रीय कमिटी बैठक नबोलाई ‘केन्द्रीय कमिटीको विशेष बैठक’ नाम दिएर आफ्नो पक्षको मात्र बैठक बोलाएर नवौँ महाधिवेशनका निर्णयहरू उल्ट्याइ पार्टी विभाजन गर्न खोजेको बताएका छन् ।
नेता नेपालले आफ्नो पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद भएको पनि घोषणापत्रमा दाबी गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।