शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अष्ट लक्ष्मी प्रवृत्ति : पद नपाउन्जेल केपी ओली तानासाही, पाए पछि ओली नै पार्टीको नेता हो


  • मंगलबार, भाद्र ८ २०७८
27.1K
SHARES

अष्टलक्ष्मी शाक्य

नेकपा एमाले नेत्री तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य माधव नेपालको क्याम्पमा रहेर ओलीलाई सबै भन्दा धेरै आलोचना गर्ने नेताको रूपमा चिनिन्थिन तर अहिले त्यस्तो छैन । माधव नेपाल पार्टी अलग गरेर गएको अवस्था छ भने शाक्यलाई एकाएक बागमती प्रदेशको मुख्यमन्त्री ओलीले बनाएका छन् ।

शाक्यले माधव क्याम्पमा रहँदा आफ्नै पार्टी अध्यक्ष समेत रहेका केपी ओलीलाई कमरेड नै नभन्ने र ओली तानासाही रहेको  अभिव्यक्ति सम्म दिएकी थिइन । तर अहिले बोली फेरिएको छ । अहिले केपी ओली नै पार्टीको नेता रहेको र पार्टी मिल्नु पर्नेमा आफूहरू रहेको बताएकी छन् ।

महिला नेत्री शाक्यको पार्टीमा योगदान भएकी मान्छे हुँदा हुँदै पनि एकाएक पद पाएपछि बोली फेर्नुलाई राजनीतिक जानकारहरू पद र पावरले नेत्री शाक्यको बोली फेरिएको भनेका छन् । तर शाक्य यो मान्न तयार छैनन् उनी  एमाले एक ढिक्का रहनु पर्नेमा आफूहरू रहेको र एकताको पक्षमा रहनु पर्छ भन्ने आफ्नू कुरा रहेको बताएकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा