एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले घोषणापत्र तयार गरेको छ । मार्क्स–लेनिन पार्टीका कुलगुरु, उनिहरुकै मार्गदर्शक सिद्धान्तमा हिँड्ने निचोड सहितको घोषणापत्र तयार पारिएको हो ।
निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि हाल चन्द्रगिरीमा एकीकृत भएर बसेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले तयार गरेको घोषणापत्रमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद तय गरेको छ ।
मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैधानिक विश्वदृष्टिकोण र श्रमजिवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त भएको घोषणापत्रमा उल्लेख गरिएको छ ।
चन्दागिरीमा पार्टीका नेता कार्यकर्तालाई मंगलबार नै घोषणापत्रसहित पार्टीको विधानसमेत वितरण गरिएको छ । घोषणापत्रमा मार्क्सवाद नै गतिशील वैज्ञानिक सिद्धान्त भएको जिकिर गरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।