आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

तेस्रो धारका नेताहरूको अल्टिमेटम घुर्की मात्रै भएको प्रमाणित, स्थायी कमिटी बैठकमा सहभागी हुने


  • सोमबार, भाद्र ७ २०७८
9.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

एक ओली पक्षका नेताका अनुसार भोलिको स्थायी कमिटी  बैठकमा नआए उहाँहरूले घुर्की मात्रै ओलीलाई लाएको ठहरिने बताएका छन् । उनी भन्छन्, पार्टीको काममा नफर्कने अनि अल्टिमेटम दिने त्यो भनेको कहीँ नभएको जात्रा हाडि गाउँमा  मात्रै हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा