कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा ज्वरो नाप्ने उपकरण छैन भन्दा पत्याउनु हुन्न होला तर त्यस्तै भएको छ नेपालका ७ प्रतिशत अस्पतालमा थर्मोमिटर छैन ।
महालेखाको प्रतिवेदन अनुसार कोरोना संक्रमितको उपचार गर्ने ७ प्रतिशत अस्पतालमा ज्वरो नाप्ने उपकरण थर्मोमिटर नराखेको पाइएको छ ।
कोभिड(१९ बिरामीलाई उपचार गर्न अन्तिरिम निर्देशिका २०७७ अनुसार कोभिड क्लिनिकले संक्रमितको उपचार गर्न आवश्यक व्यवास्थापन गरेर मात्र उपचार गराउनु पर्ने व्यवस्था छ ।
स्वास्थ्य अनुसन्धान परिषद्ले ९५ वटा कोभिड(१९ क्लिनिकको सर्वेक्षण गर्दा ७ प्रतिशत अस्पतालमा ज्वरो नाप्ने थर्मोमिटर नभेटेको हो ।
२०२० को अप्रिल २६ देखि २७ मेसम्म गरेको सर्वेक्षणमा ४१ प्रतिशत अस्पतालमा कोभिड(१९ संक्रमण रोकथाम टिम परिचालन नगरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै ८३ प्रतिशत अस्पतालले पहिलेकै संरचनाबाट कोरोना सम्बन्धि सुविधा उपलब्ध गराएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।