शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अझै केही दिन मनसुन सक्रिय रहने मौसम विभागको पूर्वानुमान


  • आइतबार, भाद्र ६ २०७८
8.6K
SHARES

माैसम

जल तथा मौसम विज्ञान विभागले अझै केही दिन मनसुन सक्रिय हुने पूर्वानुमान गरेको छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।

उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

“न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण अझै मनसुन सक्रिय भएको हो,” मौसमविद् श्रेष्ठले भने ।

विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा