शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

हिसिलालाई मन्त्री नबनाए उपेन्द्रलाई सरकारमा पार्टीको नेतृत्व गर्न नदिने रणनीतिमा बाबुराम


  • आइतबार, भाद्र ६ २०७८
20.8K
SHARES

फाइल तस्विर

प्रतिगमन भन्दै  कुनै समय उपेन्द्रलाई शरण दिएका महन्थ ठाकुरसँग नै धोका धडी गरेर पार्टी हत्याएका उपेन्द्र यादव जसपामा पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको रणनीतिमा फसेको जनकारहरू बताउँछन्। महन्थलाई धोका दिएर सत्तामै सहभागी हुने विषयले हत्याएको पार्टी जसपा भित्र उपेन्द्र यादव अफ्ठेरोमा परेका हुन् ।

पार्टीको नेतृत्व उपेन्द्रले उपप्रधानमन्त्रीका रुपमा गर्न खोजेका छन् । अर्कोतिर संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई सरकारमा आफ्नो समूहको पनि प्रतिनिधित्व चाहन्छन् ।

बाबुराम भट्टराई उपेन्द्र यादबलाई भन्दा पनि राजेन्द्र श्रेष्ठ वा महेन्द्रराय यादवलाई पार्टीको नेतृत्व गरेर सरकारमा पठाउन चाहन्छन् । किनभने पटक पटक उपेन्द्रमात्रै सरकारमा गएकाले नयाँको पालो आउनुपर्ने बाबुरामको मत छ । जुन उपेन्द्रले सत्ताका लागि आफूलाई जोगाउने महन्थलाई घात गरे आज तिनै उपेन्द्रका लागि बाबुराम चुनौती बनेर आएको जानकारहरुको भनाई छ ।

बाबुरामले आफ्नो समूहबाट पत्नी हिसिला यमी वा गंगानारायण श्रेष्ठमध्य एक जनालाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर उपेन्द्रले आफ्नो पक्षबाट मात्र मन्त्री बनाउनेगरी एकलौटी गर्न खोजेपछि बाबुराम समूह विद्रोहमा उत्रिएको हो । सरकारमा आफूले चाहेका मन्त्री बनाउन नमाने उपेन्द्रलाई सरकारमा पार्टीको नेतृत्व गर्न नदिने रणनीति बाबुराम समूहको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा