नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले नेता माधवकुमार नेपाललाई लक्षित गर्दै विषालु सर्पको संज्ञा दिएका छन् । उनले एमालेबाट विषालु सर्प बाहिरिएको भन्दै अब एमाले शुद्धीकरण भई सशक्त रूपमा अघि बढ्ने टिप्पणी गरेका हुन् ।
काठमाडौँ, क्षेत्र नं ९ र १४ नम्बर वडा पार्टी कार्यालयको संयुक्त उद्घाटनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट पात्र मानिने नेता श्रेष्ठले नेपाललाई सङ्केत गर्दै भने, विषालु सर्प एमालेबाट बाहिरिएको छ, अब एमाले शुद्धीकरण भई सशक्त रूपमा बढ्छ र एमालेनै देशको प्रमुख सक्ति हुन्छ भन्ने टिप्पणी गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।