नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले दुईतिहाइको कम्युनिस्टहरू असफल भएपछि कांग्रेसको नेतृत्वमा सरकार बनेको बताएका छन् ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ नेपाली कांग्रेस गाउँ कार्यसमितिले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले ५ वर्षभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेर शेरबहादुर देउवा र पशुपतिनाथलाई समेत थाहा नरहेको बताए ।
‘दुईतिहाइको सरकार गएर कांग्रेसको नेतृत्वमा सरकार आउँछ भनेर शेरबहादुर देउवालाई थाहा थिएन । पशुपतिनाथलाई पनि थाहा थिएन’, उनले भने, ‘कम्युनिस्ट असफल भएका कारण नेतृत्व आएको छ । कांग्रेसले वुद्धि पुर्याएर काम गर्नुपर्छ ।’
‘निर्वाचनका बेला नेकपाले जित्यो भने देशले कोल्टे फेर्छ भनेर प्रचार गरियो । नेकपाले जितेको साढे तीन वर्षमा नेकपाले देश उत्तानो परेर लड्ने अवस्थामा सिर्जना भयो’, उनले भने ।
‘नेकपामा योगदान गरेकाहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् । ओलीले गुटलाई संरक्षण गरेका कारण ओली सरकार पतनको बाटोमा गयो । कांग्रेसले यसबाट पाठ सिक्नुपर्छ’, उनले भने, ‘राम्रो काम गर्नेलाई अवसर दिनुपर्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।