नयाँ दल दर्ताका लागि ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको केही दिन नपुग्दै सरकारमा जान खुट्टा उचालेर बसेका हुन् ।
ठाकुर समूहका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुन दवाव सिर्जना गरेको एक नेताले बताएका छन् । महतोले उप–प्रधानसहितका मन्त्रालयहरू मागेर सरकारमा जान दवाव सिर्जना गरेका हुन् । ठाकुर समूहमा महतोको दब्दबा छ । महतोको निर्णयलाई ठाकुरले काट्न सक्दैनन् ।
महतोकै कारण ठकुर झण्डै दल विहीन बनेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुर जस्तो नेतालाई दल विहीन बनाउन नहुनेभन्दै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नयाँ दल दर्ताका लागि मौका दिएका थिए ।
ठाकुरमा सुधार आउनुपर्नेमा धेरै नेताहरूको सुझाव छ । महतोका कारण तनावमा परेका ठाकुरलाई विभिन्न खालका दवावहरू सिर्जना भइरहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।