नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को आपत् आइलागेको छ । भीम रावल लगायत अन्य नेताहरूले १० बुधे सहमति कार्यान्वयन नगरे विद्रोह गर्ने ५ दिनको अल्टिमेटम दिएका छन्।
एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेका छन् ।
शुक्रबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा केन्द्रीय सदस्य र सांसदहरुको छलफल यस्तो निष्कर्षमा पुगेको नेता गोकर्ण बिष्टले जानकारी दिए। दल विभाजन गर्न ल्याइएको अध्यादेशको विरोध जारी राख्ने निष्कर्ष पनि छलफलबाट निस्केको उनले बताए।
भेलाले एकता प्रयास जारी राख्ने, दल विभाजन अध्यादेशको विरोध गर्ने र १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने निर्णय गर्यो,’ बिष्टले भने, ‘माधव नेपालसहित १४ जनामाथिको कारबाहीलाई फिर्ता लिन आग्रह गर्ने र दल दर्ताबाट माधव नेपाललाई फिर्ता हुने आग्रह गरेका छौं।’
एमाले विभाजनबाट रोक्न अध्यक्ष केपी ओली पनि लचक र जिम्मेवार हुनपर्ने उनीहरुको भनाइ छ। दल विभाजन गर्ने अध्यादेशले नेपालको संविधानलाई खिल्ली उडाउने काम गरेको भन्दै पार्टीलाई एकतावद्ध पार्ने प्रयत्न जारी राख्ने निर्णय भएको बिष्टले बताए।
केपी ओली र माधव नेपाललाई भेटेर आफ्ना भनाइ राख्ने उनले जानकारी दिए। नेता भीम रावलले आजको सबै निर्णय समेटेर संयुक्त वक्तव्य निकाल्ने जानकारी दिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।