नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा सानो आकारको ट्यूमर देखिएको छ ।
भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको उपचारमा संलग्न चकित्सकले बताएका छन् ।
ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । चिकित्सकहरुले अन्य स्वास्थ्य परीक्षण पनि गरिरहेकाले रिपोर्ट हेरेर थप उपचार गरिने बताइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई गएका थिए । उनलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई गएका थिए । निधिले शुक्रबार बिहान अस्पताल पुगेर नेता गिरिलाई भेटेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।