आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

नेपालको पार्टीले जबजलाई लात हान्ने, जनताको बहुदलीय समाजवादी कार्यक्रम मान्ने


  • शुक्रबार, भाद्र ४ २०७८
10K
SHARES

फाइल तस्विर

एमालेबाट विभाजित नयाँ पार्टीले यसअघि मान्दै आएको जनताको बहुदलीय जनवाद (जबज) छाड्ने भएको छ । पार्टीको सिद्धान्त र कार्यक्रमको मस्यौदा बनिरहे पनि टुंगो भने लागिसकेको छैन ।

पार्टीको कार्यक्रम र राजनीतिक दस्तावेज मस्यौदामा संलग्न एक नेताका अनुसार जबजको विकसित रूप जनताको बहदुलीय समाजवाद वा जनताको समाजवादलाई नयाँ पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाउने भएको छ ।

नेकपा एमाले समाजवादी निर्वाचन आयोगले दर्ता नगर्ने भनेकाले पार्टीको नाम नेकपा एकीकृत समाजवादी राख्नेगरी आजै निर्वाचन आयोगमा अनुसूची फाराम लिन जाने तयारी नेपाल पक्षका नेताहरूको छ ।

नेकपा एमालेका संस्थापक नेतामध्येका एक माधव नेपाल तत्काली महासचिव मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवाद मस्यौदा तथा कार्यान्वयन चरणका प्रमुख नेता हुन् । नेपाल १५ वर्ष महासचिव भएकै बेला जबज एमालेको सिद्धान्त बनेको थियो ।

नेकपा एमाले र माओवादीबीच एकीकरण हुने बेला पनि माधव नेपालले जबज छाड्न मानेका थिएनन् । नेकपा एकीकरणपछि भने केपी ओली पक्षले जबजको बहस थाल्यो भने माधव नेपाल र प्रचण्डले त्यसको विरोध गरेका थिए ।

साविक नेकपाले एमालेको जबज र माओवादीको एक्काइसौं शताव्दीमा जनवादको विकास भन्ने कार्यक्रम स्थगन गरेर जनताको जनवाद भन्ने कार्यक्रम अघि सारेका थिए । अदालतबाट एमाले ब्युँतिएसँगै उसको मार्गदर्शक सिद्धान्त जबज बनेको छ ।

माधव नेपालले भने अबको पार्टीमा जबजको विकास गरेर नयाँ कार्यक्रम राख्ने भएका छन् । पार्टीको नामको पछाडि समाजवाद राख्ने भइसकेपछि सिद्धान्त र कार्यक्रम पनि समाजवाद नै राख्ने तयारी छ ।

उनीनिकट एक नेताले भने, ‘टुंगो लागि सकेको छैन तर जनताको समाजवादी कार्यक्रमको रुपमा हामी जान्छौं ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा