शनिबार, साउन ९ २०८३
ताजा अपडेट

टेलिफोनमा सभामुखले भने- म आउँदिन, कार्यकक्षमा एमाले सांसदहरुको डेढ घण्टा धर्ना


  • शुक्रबार, भाद्र ४ २०७८
13.9K
SHARES

फाइल तस्विर

नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सभामुखमाथि दबाव बढाएको छ ।

एमाले सांसदहरु शुक्रबार पनि सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगे । उनीहरु डेढ घण्टा बस्दा पनि सभामुख सापकोटा भने आएनन् । सभामुख नआएपछि सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरेकी थिइन् ।

सभामुख सापकोटाले भने आज बाहिर रहेकाले शुक्रबार संसदमा नआउने जानकारी गराएका छन् । ‘उहाँले मेरो पूर्व सभामुख सुवास नेम्वाङसँग कुराकानी भएको छ, थप दबाव दिनु परेन । जतिसक्दो छिटो निर्णय गर्छु भन्नुभयो,’ एमाले सांसद महेश बस्नेत भन्छन्, ‘डेढ घण्टा धर्ना बस्दा पनि उहाँ नआएपछि हामी हिंड्यौं ।’

एमालेले माधवकमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न पत्र लेखेको थियो । तीन दिनसम्म पनि पदमुक्त नगरेको भन्दै एमाले नेताहरुले बिहीबार पनि सभामुखलाई भेटेर दबाव दिएका थिए । अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै सभामुख सापकोटालाई पार्टीको कार्यकर्ता बन्ने भए सभामुखबाट राजीनामा दिनुपर्ने बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा