सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ ।
यातायात व्यवस्था विभागले अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले ट्रायल खुलाउने तयारी गरेको हो ।
विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो। मंगलबार गरेको विभागको सिफारिसमा सीसीएमसी सकरात्मक देखियपछि ट्रायलको तयारी शुरु भएको हो ।
स्वास्थ्य मापदण्ड अनुरुप सवारी लाइसेन्स परिक्षाको ट्रायल खुलाउन सीसीएमसी तयार रहेको विभागले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।