आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

पार्टीको नाम लोसपा राख्ने कि लोजपा राख्ने भन्ने विषयमा छलफलमा ठाकुर समूह 


  • शुक्रबार, भाद्र ४ २०७८
13.3K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर समूहमा नयाँ नामबारे छलफल सुरु भएको छ ।

निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् । त्यसैले दल दर्ताका लागि पुनः निवेदन दिँदा के नाम राख्ने भनेर छलफल सुरु भएको एक नेताले बताए । भन्छन्, ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने कि लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्ने भनेर छलफल गर्दैछौं ।’

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि ठाकुर पक्ष दलविहीन जस्तै थियो । तर सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल दर्ता गर्नसक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर पक्षले बुधबार जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा