शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भूपू गोर्खाको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार, तोडियो अनसन


  • शुक्रबार, भाद्र ४ २०७८
11.9K
SHARES

फाइल तस्विर

भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ । यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ ।

समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बसेका थिए । बिहीबार बेलायती रक्षामन्त्री लियो डोचर्डी आफैं अनसन स्थलमा पुगे दीर्घकालीन समाधान खोज्न द्वीपक्षीय कमिटी बनाउन प्रतिवद्धता जनाएका छन् ।

उनको लिखित पत्रमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्विपक्षीय कमिटी बनाउने र भूपू गोर्खाहरुका पनि प्रतिनिधि रहने उल्लेख छ ।

वार्ता समितिले टेक्निकल कमिटीको रिपोर्टलाई प्रारम्भीक आधार मानेर डिसेम्बरबाट औपचारिक काम थाल्नेछ । त्यसअघि ८ सेप्टेम्बर २०२१ मा रक्षामन्त्री, नेपाली राजदूत र भूपू गोर्खाका प्रतिनिधिहरुबीच छलफल गर्ने सहमति भएको छ ।

गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राई भन्छन्, ‘हामीले राखेको मागलाई दुबै सरकारले स्वीकार गरेको छ । रक्षामन्त्री वार्तामा बस्न तयार हुनुभयो । उहाँहरुले कहिल्यै यो रह्यो, यो रह्यो नहोस्, सबै समाधान गर्छौं भन्नु भएको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा