शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै


  • शुक्रबार, भाद्र ४ २०७८
9.9K
SHARES

फाइल तस्विर

काठमाडौँमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ ।

कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

आज, भोलि र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालमा सो खोप उपलब्ध गराइने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

विद्यार्थीले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् ।

साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीले कोरोना खोप लगाउन पाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा