काठमाडौं – ठगी गर्ने एक गाउँपालिकाका अध्यक्षलाई ६ महिनाको जेल सजाय हुने भइको छ । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई ठगी गरेको अभियोगमा ६ महिना जेल सजाय हुने भएको हो ।
जिल्ला अदालत कास्कीले मल्ल दोषी रहेको भन्दै ६ महिना कैद र विगो जरीमाना गरेपछि उनलाई प्रहरीले खोजीरहेको छ । जिल्ला अदालत काूँकीले ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ पुर्जी जारी गरेको छ ।
लेनदेन मुद्दामा जिल्ला अदालतले गत चैत २७ गते नै मल्लाई ६ महिना कैद सजाय सुनाएको थियो ।गाउँपालिका अध्यक्ष मल्ललाई चार महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला पत्र लेखी पक्राउ गरि अदालतमा पेश गर्न आदेश दिएको हो ।
ध्रुववहादुर थापा र गाउँपालिका अध्यक्ष मल्लबीचको लेनदेन विवाद अदालत पुगेको थियो । अदालतको ताकेतापछि जिल्ला प्रहरी कार्यालय पर्वतले गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी थालेको छ ।
अदालतको पत्रमा उनलाई जिल्ला काराकार कास्की चलान गर्न समेत भनिएको छ । मल्ल नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेता हुन् । निर्माण व्यवसायीसमेत रहेका उनी आगामी महाधिवेशनमा जिल्ला सभापतिका दावेदार हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।