शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

माधव नेपालले घृणित र निन्दनीय काम गरेर बाहिरिँदैमा एमाले समाप्त हुँदैन : पोखरेल


  • बिहिबार, भाद्र ३ २०७८
14.8K
SHARES

तस्विरः फाइल

एमाले महासचिव ईश्वर पोखरेलले कुण्ठा र बदलाको भावना लिएर माधव नेपालसहितका केही मानिस बाहिरिँदैमा एमाले समाप्त नहुने बताएका छन् ।

माधव नेपालको नेतृत्वमा बुधबार नेपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पोखरेलले नेता नेपालबाट कम्युनिस्ट आन्दोलनमा कालो धब्बा लगाउने घृणित र निन्दनीय काम गरेको टिप्पीणसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन,– ‘हाम्रो गौरवशाली पार्टी (नेकपा एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको छ । दुःखका साथ भन्नुपर्दैछ –यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ  ।’

पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसबीच भएका अनगिन्ती प्रयासका बाबजुद एमाले एकतावद्ध बनाउन भएका प्रयास निर्थक भएको पनि उनले बताएका छन् ।

धैर्यता नगुमाउन कार्यकर्तालाई अपील गर्दै पोखरेलले भनेका छन्, ‘फुटको विगत हामी सबैले देखेका– भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा एमालेका सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु,’ उनको आग्रह छ ।

माधव नेपालले अदृश्य शक्तिहरूको कुत्सित चाहना प”रा गर्ने पार्टी विभाजन गरेको पोखरेलले गम्भीर आरोपसमेत लगाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा