आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने, चुनाव चिन्ह खुला किताब


  • बुधबार, भाद्र २ २०७८
13.3K
SHARES

फाइल तस्विर

नेकपा एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरे ।

उनले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने, आज पार्टी निर्माण गलत लाग्नेलाई भोली सहि लाग्ने उल्लेख गरे । उनले भने– ‘यो अभियान अघि बढ्यो । इमान्दार, नैतिकवान, आदर्श कम्युनिष्टहरुको संगठन आज जन्मँदैछ । अरु मान्छेहरु बिस्तारै यसमा समावेश हुँदै जानेछन् ।’

यतिबेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल समूहको तर्फबाट नयाँ पार्टी दर्ताका लागि हस्ताक्षर संकलनको काम भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा