शनिबार, साउन ३० २०८३
ताजा अपडेट

लुम्बिनी प्रदेश सभामा एमालेको नाराबाजी र अवरोध


  • बुधबार, भाद्र २ २०७८
10.1K
SHARES

तस्विरः फाइल

प्रमुख विपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभा वैठकमा नाराबाजी गर्दै अवरुद्ध गरेको छ ।

प्रदेश सभा बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने बताएलगत्तै एमाले सांसदहरु उठेर रोष्टम नजिक पुगेर नाराबाजी गरे ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेले दिएको पत्रमा प्रशासनिक प्रक्रिया शुरु गरिएको बताएका छन् । बुधबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची थियो ।

यस्तै उद्योग, वन तथा वातावरणमन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची थियो ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले यसअघिको सरकारले अध्यादेशबाट ल्याएको विनियोजन विधेयक (वजेट ) फिर्ता गर्न टेबल गर्ने र सभामुखले निर्णयार्थ पेश गर्ने कार्यसूची पनि बुधबारको बैठकमा राखिएको थियो ।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा