आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

फोहोर नउठेपछि दुर्गन्धित बन्यो काठमाडौं


  • बुधबार, भाद्र २ २०७८
13.8K
SHARES

तस्विरः फाइल

काठमाडौं महानगरपालिकाले केही दिनदेखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा छिर्ने गेटकै छेउमा समेत फोहोरको डंगुर थुप्रिएको छ । शहरभरि जताततै फोहोरै फोहोर छ ।

सडकका किनारामा मात्रै नभएर घरभित्रको फोहोर उठाउने सफाइ कर्मचारीहरु आउन छाडेपछि घर–घरमा दुर्गन्ध फैलिएको छ । वर्षायाममा फैलिएको फोहोरको दुर्गन्धले रोग फैलने डर बढेको छ ।

काठमाडौंका फोहोर फाल्ने बञ्चरेडाँडा डाँडामा बाटो बिग्रिएका कारण केही दिनदेखि फोहोर उठाउन नसकिएको महानगरपालिकाको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा