शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पार्टी केपी ओलीको प्राइभेट कम्पनी हुने भएपछि विद्रोह सुरु गरेका हौँ : माधव नेपाल


  • बुधबार, भाद्र २ २०७८
12.2K
SHARES

फाईल तस्बिर

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा दुई नेताबीच विवाद नभएर दुई विचार समूहको विवाद रहेको बताएका छन् । मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ओली प्रवृत्तिका विरुद्ध विद्रोहको झण्डा उचालेको बताए । नेता नेताले एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको उल्लेख गरे ।

उनले ओली अहङ्कारको घोडामा सवार भएकोले अहिले पार्टी विभाजनको मोडमा पुगेको बताए । उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको बताए । नेता नेपालले भने–‘पार्टीलाई सुदृढ एकता, सशक्त बनाउने, योग्यता क्षमताको आधारमा जिम्मेवारी दिने कुरमा ओलीको ध्यान गएन । उहाँको ध्यान सानो गुट मदन भण्डारी फाउन्डेसनमा केन्द्रित भएको छ । पार्टीको बारेमा चिन्ता छैन गुटको चिन्ता छ । उहाँ आफ्नो पद जोगाउन लाग्नुभएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा