ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीलाई कडा निर्देशन दिएकी छिन् ।
मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै कुनै कर्मचारी अनियमितता र भ्रष्टाचारमा संलग्न भएको पाइए नछाड्ने बताइन् । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ ।
मन्त्री भुसालले भनिन्, ‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र चेन अफ कमाण्डलाई मैले सधैँ प्राथमिकतामा राख्ने गरेको छु । अनियमितता, भ्रष्टाचार कहीँ कसैले पनि नगर्न म निर्देशन गर्दछु । यदी कोही यस्तो गतिविधिमा संलग्न भएको भेटिएमा कठोर कदम चालिनेछ ।’
मन्त्री भुसालले किसानलाई सिँचाइमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गरिन् । आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महसुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।