नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य महेश बस्नेतले परामादेशबाट बनेको सरकारले संसद अधिवशेन अन्त्य गरेर नेकपा एमाललेलाई विभाजन गर्ने गरि अध्यादेश ल्याए राम्रो नहुने बताएका छन् ।
यस अघि पनि सार्वजनिक रुपमै सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए कडा प्रतिरोध गर्ने चेतावनी दिएका नेता बस्नेतले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँने तयारी देउवा सरकारले गरे पछि संसदै प्रतिवाद गरेको हुन् ।
।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने बताए ।
सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने’ उनले भने, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय ग¥यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’
सांसद बस्नेतले अदालतबाट संसद पुनर्स्थापनाको निर्णय भएपछिको डेढ महिना श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेश गर्नेबाहेक कुनै काम नभएको बताए ।
सरकारले आजै बसेको मन्त्रीरिषद बैठकबाट संसदको चालु अधिवेशन आजैका मिती बाट अन्त्य गर्ने सिफारिस गरेको छ । संसद वैठक अन्त्य गर्ने सिफारिस सँगै नेकपा एमाललेलाई विभाजन गर्न सजिलो हुने गरि सरकारले आजै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँने तयारी गरको वुझिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।