शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

भीम रावल र ईश्वर पोखरेलकाे भेटले एमालेमा तरङ्ग


  • सोमबार, साउन ३२ २०७८
12.9K
SHARES

तस्विरः फाइल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र महासचिव ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । धापासीस्थित पोखरेल निवासमा उपाध्यक्ष र महासचिवबीच भेटवार्ता भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै आफ्नै गतिले विभाजनको दिशामा कुदिरहेका बेला दोस्रो पुस्ताका नेताहरुको भेटेपछि एमाले पंतिमा तरंग ल्याएको छ ।

ओली समुहका पोखरेल र ओलीविरोधी नेता रावलबीच नै भेटवार्ता भएर एकतामा जोड दिने निर्णय भएपछि एमालेमा आन्तरिक पेच झनै मजबुत हुन पुगेको छ ।

एमालेको दोस्रो पुस्ताका नेताहरु रावल, पोखरेलका अलावा सुरेन्द्र पाण्ड, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण बिष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्यलगायतका एकताकै पक्षमा रहेका छन् ।

यस्तोमा ओली र नेपाललाई टक्कर दिँदै दोस्रो पुस्ताका नेताहरुले एकताका लागि कठोर कदम चाल्न सक्ने देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा