मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

गगन थापाको भाषण अनुसारको काम छैन, भाषण युवाको पक्षमा कार्य शैली डेटएक्सपाएर बुढाकै पक्षमा  


  • सोमबार, साउन ३२ २०७८
17.4K
SHARES

सांसद गगन थापा/गुगलको साहायतामा खोजिएको फोटो

नेपाली काँग्रेसका युवा नेता तथा काठमाडौँ क्षेत्र नम्बर चारका सांसद गगन थापाको भाषण अनुसारको काम  पटक्कै नभएको उनकै क्षेत्रका एक स्थानीय काँग्रेसको राजनीतिमा सक्रिय युवाले नाम नबताउने सर्तमा भनेका छन् । उनी भन्छन् नाम लेख्नु भयो भने क्रियाशील काट्लान् भन्ने डर हुन्छ । युवा भन्ने मात्र हो युवा नेता भन्नेहरुलेनै मेरो विरोधी रहेछ भनेर क्रियाशील काट्न बेर छैन ।

उनी भन्छन् भाषण युवाको पक्षमा गरेको सुन्दा बडो आनन्द आउँछ । भाषण गराइको  ठिक विपरीत कार्य शैली युवा नेता गगनको डेटएक्सपाएर बुढाकै पक्षमा रहेको उनी बताउँछन् ।

युवाहरूको आवाज सडक देखि सदन सम्म उठाउने नेता हैन र गगन थापा ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् हो यसमा संखा छैन तर काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस पार्टीको सङ्गठनको नेतृत्वमा २० देखी ३० वर्ष ननाघेका युवाहरू कति छन् र गगन थापा स्वयमले यस्ता तीस वर्ष ननाघेका अझ ३५ वर्ष ननाघेका साथीहरूलाई सङ्गठनमा कहाँ ठाउँ दिएका छन् भन्दै प्रश्न गरेका छन् ।

उनी भन्छन् यहाँ त सब हाराहारी पचासका मान्छेहरू अझ ७० काटेका चाकडी गर्न माहिर ले मात्र ठाउँ पाउँछन् ।  योग्य हुँदाहुँदै पनि तपाईँको अनुभव कम छ  दाइ लाई यो पटक छोड्दिनुहोस् अर्को पटक तपाई नै हो भन्दै युवाहरूलाई सङ्गठनको भूमिकामा आउनै दिदैनन । अनि कसरी युवाहरू राजनीतिमा आकर्षित हुने भन्दै प्रश्न गरेका छन् ।

गगन थापाबाट आस थियो युवाको पक्षमा काम गर्लान् सिनियर हरूलाई अभिभावक मानेर युवा साथीहरूलाई कमसेकम भूमिकामा ल्याउलान् भन्ने तर उनको कार्यशैली त्यस्तो नदेखिएको बताउँछन् । उनी भन्छन् हेर्दै जानुहोला आगामी अधिवेशनमा पनि तिनै हाराहारी पचास या यो भन्दा माथिकै व्यक्तिहरू बुथ प्रतिनिधि देखि ईकाई र क्षेत्रमा आउने छन् ।

युवालाई नेतृत्व नदिनुमा गगन मात्रै दोषी हैनन् होला नि ? भन्ने प्रश्नमा उनी अलि कडा स्वरमा भन्छन् सय प्रतिशत दोषी हैनन् होला तर नब्बे प्रतिशत दोषी हुन ।

युवाको पक्षमा आवाज उठाउने अनि युवालाई सङ्गठनमा आउनु पर्छ नभन्नु किन ? भन्दै प्रश्न गरेका छन् ।

यदि साँच्चै युवाहरूको पक्षमा गगनको आवाज हो भने आगामी अधिवेशनमा बुथ देखी इकाई हुँदै क्षेत्र सम्म कमसेकम ५० प्रतिशत युवाले ठाउँ पाउनु पर्छ तर निश्चित छ पाउदैनन ।

युवा नै छैनन् होला नि त क्षेत्रमा भन्ने प्रश्नमा उनी भन्छन् छैनन् हैन पढेलेखेका सक्रिय भूमिकामा युवाहरू प्रशस्तै छन् तर मेजर भूमिकामा आउन दिइँदैन ।

त्यसैले भाषण युवाको पक्षमा गर्ने नेताको क्षेत्रमा पनि युवाहरू संगठनको नेतृत्वमा आए मात्रै गगन थापाको बोलाई अनुसारको काम हुने थियो र युवाको पक्षको काम गर्ने नेता हुन भनेर भन्न पाइन्थ्यो तर विडम्बना त्यस्तो पटक्कै छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा