शनिबार, साउन ९ २०८३
ताजा अपडेट

उदार देखिए तालिवानी, नागरिकहरुलाई दुख नदिन लडाकुलाई आग्रह


  • सोमबार, साउन ३२ २०७८
11.7K
SHARES

फाइल तस्विर

अफगानिस्तानको राजधानी काबुलकी एक छात्राले आयशा खर्रमले ट्विट गर्दै तालिवानको प्रशंसा गरेकी छन् ।

आयशाले सोमबार ट्विट गर्दै लेखेकी छन्, ‘सोमबार विहान मेरो घर अगाडि चिच्याएको, कराएको आवाज आइरहेको थियो । साथै गोलीको आवाज पनि आइरहेको थियो । त्यसपछि म बिउझिँए ।’

उनले अगाडि लेखेकी छिन्, ‘आफूलाई मुजाहिदीन भन्ने केही लडाकुहरु घर–घरमा छिरेर मानिसहरुको सामान र कार लुटिरहेका रहेछन् । तर, उनीहरु तालिवानी अधिकारीहरु आएको खबर सुन्नेवित्तिकै भागे ।’

काबुल कब्जा गरेपछि तालिवानले फेरि आफ्ना लडाकुहरुलाई सर्वसाधारणमाथि ज्यादती नगर्न अनुरोध गरेको छ ।

अफगानिस्तानको सत्ता हातमा लिएपछि तालिवान पहिलेभन्दा उदार देखिएको छ । तालिवानका प्रवक्ता मोहम्मद सुहैल शाहीनले ट्विट गर्दै भनेका छन्, ‘तालिवानले एक पटक फेरि मुजाहिदीनहरुलाई अनुमतिबिना कसैको घरको भित्र नपस्न आदेश दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा