प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा उद्धारको प्रतीक्षामा रहेका नेपालीको अभिभाकत्व सरकारले लिने बताएका छन् ।
प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन आइतबार नै निर्देशन दिइसकेको पनि जानकारी गराएका छन् ।
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’ सोमबार बिहान ट्वीट गर्दै देउवाले भनेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।