तालिवान आक्रमणको त्रास बढेसँगै काबुलस्थित क्यानाडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । क्यानाडा दूतावास भने दुई दिनअघि नै बन्द भइसकेको थियो ।
हार्ट इन्टरनेसनल कम्पनीका तर्फबाट १११ जना नेपाली क्यानाडा दूतावासको सुरक्षामा खटिँदै आएका थिए । अफगानिस्तानमा तालिवानको चौतर्फी कब्जापछि क्यानाडाले आफ्नो विशेक्ष सुरक्षा दस्ता नै पठाएर दूतावास खाली गराएको थियो । त्यसको दुई दिनपछि नेपाली कामदारहरूलाई सो स्थानबाट सारिएको हो ।
क्यानाडा दूतावासमा काम गर्दै आएका हर्क बस्नेतले आफूहरूलाई आज कम्पनीले एयरपोर्टनजिकैको होटलमा ल्याएर राखेको जानकारी दिए ।
हामी यहाँ एक सय ११ जना नेपाली सबै अहिलेसम्म सुरक्षित छौं,’ उनले भने, ‘नेपाल फर्किनका लागि जहाजको पर्खाइमा छौं ।’ आफूहरूलाई अफगानिस्तानबाट आर्मीको जहाजमार्फत नेपाल वा भारतमा फर्काउने तयारी गरिएको सुनेको बस्नेतले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।