नेकपा एमालेले, गण्डकी प्रदेश सरकारले ठूला योजनामा बजेट कटौती गरेर खुद्रा योजनामा वितरण गरेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशलाई समृद्ध बनाउने योजनाहरुमा बजेट कटौती गरेको भन्दै एमालेको गण्डकी प्रदेश संसदीय दलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
टेन्डर भइसकेका योजनाहरुमा समेत बजेट नराख्नु भनेको सरासर पूर्वाग्रही हुनु हो,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘सम्भाव्यता अध्ययन तथा डिपीआर तयार नै गर्न बाँकी रहेका योजनामा बजेट राख्नु भनेको कार्यान्वयन नहुनुमात्रै होइन, नगर्नु पनि हो ।’ कांग्रेस नेतृत्वको सरकार समृद्ध गण्डकी प्रदेश र सुखी प्रदेशवासी सपनाको कट्टर बिरोधी देखिएको एमालेको आरोप छ ।
एमालेले भौतिक पूर्वाधार, खानेपानी, ऊर्जा, भूमि व्यवस्था, उद्योग, सहरी विकास, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा बुँदागतरुपमा आफ्ना मागहरु राखेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।