शनिबार, साउन ९ २०८३
ताजा अपडेट

परमादेश भन्नेहरुले सांसदबाट राजीनामा दिए हुन्छ, कसैको दम छ ? : सांसद यादव


  • बिहिबार, साउन २८ २०७८
7.9K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले परमादेशबाट सरकार बनेको भन्नेहरुलाई सांसद पदबाट राजीनामा दिन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

‘हामी हाउसमा परमादेशबाट आएका होइनौ, जनादेशबाट आएको । संवैधानिक विवाद वा कानुनी विवाद उठ्यो भने त्यो ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै दिएको छ संविधानले’ उनले भने, ‘उहाँहरुलाई त्यो भुत सवार छ भने राजीनामा दिए हुन्छ ।

परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? ज-जसलाई लागेको छ, राजीनामा दिए हुन्छ । यो सरकारले ६ महिनामा चुनाव गराइदिइहाल्छ ।’जसको मेन्टल्ली बिग्रेको छ त्यसले भन्छ परमादेश।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा