शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पशुपतिको सम्पत्तिमा रजाइँ


  • शनिबार, जेष्ठ २५ २०७६
20.9K
SHARES

फाइल तस्विर

कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ । धर्म कमाउनकै लागि पितापुर्खाले जग्गाजमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए । कसैले सरकार (गुठी संस्थान) लाई जिम्मा दिए, कसैले निजी गुठी बनाएर सञ्चालन गर्न नयाँ पुस्तालाई दिए । कसैले चाँदी, तामा, पित्तल आदि दान दिए । हुनेखानेले सुन नै चढाइदिए ।

समयले कोल्टे फेर्दै गयो ।  जग्गाको भाउ अकासिँदै गयो । आनाकै लाखौंरकरोड पर्न थालेपछि अर्काथरी मान्छेको सोच फरक हुन थाल्यो । उनीहरू धमाधम ती गुठीमा रहेका जग्गा आफ्नो नाममा बनाउन थाले । आफ्नो बनाउन नसक्नेले सोझासाझालाई सस्तोमा बेचेर कमाउन थाले ।

हजारौं बिघा/रोपनी जग्गाको धनी पशुपतिनाथ क्रमशः खोक्रिँदै गयो ।  विश्वकै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको एकातिर महत्व दिनानुदिन बढ्दैछ भने अर्कातिर पशुपतिनाथको चलअचल सम्पत्ति हत्याउने क्रमसँगै विश्व सम्पदामा सूचीकृत भएर पनि अस्तित्व जोगाउन हम्मेहम्मे पर्न थालेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा