नेपाली काँग्रेसका एक नेताले नाम नखुलाउने सर्तमा देउवा नेतृत्वबाट काँग्रेसले कुनै आस नगर्दा हुने तर्क गरेका छन् । देउवा तर्फ लक्षित हुँदै उनले भने देउवा पार्टीको अहिले सभापति तथा काँग्रेसको अभिभावक हुन । तर अब रिटाएर हुने समय भई सकेको छ । देश र जनताका लागी सके जति गरिसकेकाले अब अभिभावक जिम्मेवारीमा देउवा बस्नु पर्ने उनको तर्क छ । नयाँ पीढीलाई साथ दिनु पर्ने तर्फ उनले जोड दिए ।
अहिले प्रधानमन्त्री हुनुहुन्छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री भाग्यले बनेको भन्दै प्रधानमन्त्री भए पनि धेरै आस गर्न नसकिने बरु पार्टीको साख गिर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । स्वयम पार्टी सभापतिलेनै काँग्रेसलाई कोमामा पुर्याउनु हुन्छ भन्ने डर रहेको समेत बताएका छन् ।
देउवाको विकल्प रामचन्द्र पौडेल होला नि भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् रामचन्द्र पौडेलले पनि अब अभिभावको भूमिका निभाउनु पर्छ । हैन नेतृत्वमै लड्ने हो भने उहाँबाट पनि खासै आस गर्ने ठाउँ नरहेको तर्क गर्छन् । उनी भन्छन् काँग्रेसलाई साँच्चै सुधार्ने हो भने अब पहिलो तहका नेता अभिभावकको भूमिकामा बसेर दोस्रो वा तेस्रो तहमा नेतृत्व पुग्यो भने केही आस गर्न सकिएला नभए जस्ताको तस्तै हुने ती नेताको बुझाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।