गत वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने मोबाइल एपहरुमध्ये टिकटक पहिलो स्थानमा उक्लिन सफल भएको छ ।
डिजिटल एनालिटिक्स कम्पनी एप एन्नीले सार्वजनिक गरेको रिपोर्ट अनुसार फेसबुकका एपहरुलाई पछि पार्दै टिकटक सन् २०२० मा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो । गत वर्ष पहिलो स्थानमा रहेको फेसबुक मेसेन्जर पाँचौँ स्थानमा झरेको छ ।
रोचक कुरा के भने चिनियाँ भिडियो शेयरिङ एप टिकटक टप फाइभको एउटा मात्र यस्तो एप बनेको छ जुन फेसबुक स्वामित्वको होइन । अर्थात् सन् २०२० मा सर्वाधिक डाउनलोड भएका टपफाइभ मोबाइल एपमध्ये अन्य चारवटा फेसबुक मातहतकै एप रहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।