शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सभापति सँग साठगाँठ गरेको छैन, देउवासँग मिल्ने होइन भिड्ने हो : शशांक


  • बुधबार, साउन २७ २०७८
9.9K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै साठगाँठ नरहेको बताएका छन् । संस्थापनइतरका जिल्ला सभापतिहरुको भेलामा बोल्दै कोइरालाले निर्वाचित महामन्त्रीका रुपमा आफूले विधानसम्मत काम गर्न खोजेपनि परिस्थिति त्यस्तो नबनेको बताए ।

केही जिल्ला सभापतिहरुले निर्वाचित महामन्त्रीले भूमिका निर्वाह गर्न नसकेको, सभापति देउवासँग मिलेमतो गरेको आरोप लगाएपछि कोइरालाले देउवासँग मिलेर होइन भिडेर जान आफू तयार रहेको बताएका हुन् ।

‘निर्वाचित हुनेबित्तिकै केहीसमय पार्टी सहज ढंगले चलोस भनेर कसैको विरोध गरिन । तर जब पार्टीभित्र अन्याय र अत्याचार सुरु भयो मैले बोलेकै छु । म आज स्पष्टसाथ भन्छु देउवासँग मिल्ने होइन भिड्ने हो । गलत प्रवृत्तिविरुद्ध लड्ने हो’, कोइरालाले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा