सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

एमाले एकताको पक्षमा लागेका नेतालाई आक्रमण गर्न खोजिँदैछ : भीम आचार्य


  • बुधबार, साउन २७ २०७८
16.5K
SHARES

नेकपा एमाले सचिव भीम आचार्य

नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने र अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।

माधव नेपाल समूहबाटै वार्ताकार नेताहरूका नियतमाथि प्रश्न उठाएर केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लागिरहेका बेला आचार्यले त्यस्ता आक्रमण र बदनामी गराउने प्रयासबाट हतोत्साहित नहुने बताएका छन् ।

आचार्यले एमाले एकताको पक्षमा ८ बुँदे अपिल जारी गर्दै असार २७ गते भएको १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार हो भनेका छन् । उनले छलछाम र जालझेल नगरी १० बुँदे सहमतिलाई टेकेर समस्या हल गर्न सकिने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा