शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस तोडफोड


  • मंगलबार, साउन २६ २०७८
9K
SHARES

फाइल तस्विर

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा  नेपाल विद्यार्थी सङ्घ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैटौँका विद्यार्थी सङ्गठनहरूले तोडफोड गरेका छन् । लामो समयदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले लुम्बिनी क्याम्पसमा आज तोडफोड गरेका हुन् ।

क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेबल,  लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गर्दै विद्यार्थीहरू भागेका थिए ।

क्याम्पस सञ्चालक समितिले सेमेस्टर प्रणाली हटाउन नसकिने र विश्वविद्यालयमा जाने तयारी रोक्न नसकिने बताएपछि विद्यार्थी  तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ।

आन्दोलनरत विद्यार्थी सङ्गठनहरूले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन शाखा लगायतमा तालाबन्दी गरेका थिए । भने साउनको ८ गते  नै लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय अनेरास्ववियूबाहेक चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए।

लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कार्यक्रम र हटाई पूर्ण रूपमा स्वायत्तताका कार्यक्रम सञ्चालन गरी क्याम्पसलाई मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने थलो बनाउन लागेको विद्यार्थी सङ्गठनहरूको आरोप छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा