शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा राम्रो हो, क्यान्टोनमेन्टको भ्रष्टाचारको पनि गर्ने होला नि ?- ओली


  • मंगलबार, साउन २६ २०७८
11.3K
SHARES

फाइल तस्विर

पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन जनसेनाको अस्थायी शिवीरमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न संसदसमक्ष माग गरेका छन् ।

भ्रष्टाचारीलाई कारवाही गर्ने सरकारको नीतिप्रति टिप्पणी गर्दै ओलीले क्यान्टोनमेन्टको पनि छानविन गर्न माग गरेका हुन्।

‘भ्रष्टाचारीलाई कारवाही गर्ने भन्नु भएको छ, खुसी लाग्यो,’ उनले भने, ‘छानविन गर्ने र कारवाही अगाडि बढाउने भन्ने राम्रो कुरा हो । भ्रष्टाचारका थुप्रै कुरा उठिरहेका छन् । क्यान्टोनमेन्टको यत्रो कुरा पनि उठेकै छ । यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छानविन गरेर नेपाली जनतालाई जवाफ दिनेछ । ललिता निवास, मातातीर्थको पनि गर्छ होला ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा