भदौमा तोकिएको महाधिवेशन पनि लगभग सर्ने भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन् ।
आज अपराह्न ३ बजे महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा डाकिएको बैठकले महाधिवेशन सुनिश्चितता गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिने एक नेताले जानकारी दिए ।
आजै नेपाली कांग्रेसको संस्थापन इतर समूहको जिल्ला समूहको भेला हुँदैछ । वरिष्ठ नेता पौडेल तथा कृष्ण सिटौला पक्षधर जिल्ला सभापतिहरुको बैठक दिउँसो ठमेलस्थित एक होटलमा बस्ने नेता जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
बैठकले कांग्रेस महाधिवेशन समयमै गर्न वा विशेष अधिवेशन गरेर भए पनि पार्टीलाई अवैध हुनबाट जोगाउन सभापति शेरबहादुर देउवालाई दबाब दिइने उनले बताए ।
कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद हल हुन नसक्दा कांग्रेसको भदौमा हुने भनिएको महाधिवेशनका कार्यतालिका प्रभावित भएका छन् । अहिलेसम्म वडा तथा पालिकास्तरको अधिवेशन समेत नभएपछि कांग्रेसमा संस्थापन इतर पक्ष सभापति देउवासँग रुष्ट भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।