सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले संविधानले नचिन्ने संयन्त्रबाट हातखुट्टा बाँधिएर बस्नु हुँदैन : सांसद पौड्याल


  • आइतबार, साउन २४ २०७८
6.2K
SHARES

फाइल तस्विर

राष्ट्रियसभाकी  सदस्य डा. विमला राई पौड्यालले राजनीतिक संयन्त्र गठनको हल्ला चलिरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसको बन्धक नबन्न आग्रह गरेकी छन् ।

केही दिनदेखि एउटा हल्ला चलेको छ, त्यो हल्लामा कति सत्यता छ थाहा छैन,’ उनको भनाइ छ, ‘तर, हल्ला के छ भने गठबन्धनले फर्मल रूपमा संघमा, प्रदेशमा र स्थानीय तहमा राजनीतिक संयन्त्र बनाउँदै छ । समानान्तररूपमा चलाउने संयन्त्र बनाउँदै छ र यसले प्रधानमन्त्रीलाई निर्देशित गर्छ ।’

राजनीतिक संयन्त्रलाई संविधान र संसदीय व्यवस्थाले समेत नचिन्ने तर्क गर्दै पौड्यालले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई म आग्रह गर्न चाहान्छु- हात खुट्टा बाँधिएर नबस्नुहोस् । प्रधानमन्त्रीलाई संसदले जे जिम्मेवारी दिएको त्यो गर्ने हो र जवाफदेहिता संसदप्रति हो गठबन्धनको कुनै नाममा बनेको संयन्त्रमा हुन सक्दैन । यो संयन्त्रलाई संविधानले चिन्दैन, संसदीय व्यवस्थाले चिन्दैन ।’

राजनीतिक संयन्त्रकै कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै पौड्यालले यो निर्लज्जता भएको टिप्पणी गरिन् । ‘प्रधानमन्त्री छान्ने संसदले अनि हातखुट्टा बाँधेर सबै संयन्त्रले चलाउने सरकार ?,’ उनको भनाइ छ, ‘यो संसदीय पद्धति कमजोर भयो भने लोकतन्त्र नै कमजोर हुन्छ । हामी सबैले दुःख पाउँछौं ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा