शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माधव नेपालको बलियो खम्बा ढल्यो, विज्ञप्ति निकालेरै ओली गुटमा प्रबेश


  • आइतबार, साउन २४ २०७८
17.1K
SHARES

नारायणप्रसाद खतिवडा

काठमाडौँ – नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको गुटमा रहेको नुवाकोट क्षेत्र नम्बर २ का सांसद नारायणप्रसाद खतिवडाले उनको साथ छोडेका छन् । शनिबार एक विज्ञप्ति निकाल्दै खतिवडाले माधवको साथ छोडेका हुन् ।

एक विज्ञप्ति प्रकाशित गर्दै नेता खतिवडाले आफू पनि केही समयमा एमालेमै फर्किने भन्दै पार्टीका गतिबिधि मिलेर गर्न प्रस्ताव गरेका छन । माधव नेपाल समूहमा रहेर एमालेविरूद्धकै गतिबिधिमा संलग्न खतिवडाले केही समययता नेता कार्यकर्तासँगको भेटमा शेरबहादुर देउवाका लागि आफ्नो हस्ताक्षर बेचिएकोमा प्रश्चाताप गर्दै आएका थिए।

केही साता अघि एमाले नुवाकोटको सचिवलाय बैठकमा सम्बोधन गर्नेक्रममा नेता ठाकुर गजुरेलले खतिवडाको सन्दर्भ उल्लेख गर्दै गल्ती महशुष गरेर खतिवडा एमालेमै फर्किन चाहेको बताएका थिए ।

केन्द्रीय राजनीतिमा अझै घोचपेच र दाउपेच चलिरहेको भए पनि खतिवडाले भने १० बुँदे सहमतिको जगमा आन्तरिक एकतामा जोड दिँदै केही दिनमै पार्टी एक हुने भएकाले सँगै पार्टीका गतिबिधि गरौँला भन्ने प्रस्ताव गरेका छन ।

खतिवडा संलग्न रहेको गुटको केन्द्रीय कमिटीको बैठकले शुक्रबार मात्रै एमालेले स्वीकार गरेको २२ दिनपछि १० बुँदे सहमति अनुमोदन गरेको थियो । खतिवडाको यो विज्ञप्तिलाइ अर्थपूर्ण रूपमा हेरिएको छ।

उता एमालेको संस्थापन समूहले भने पालिका पालिकामा पार्टीको मात्रै होइन भ्रातृ संगठनको समेत नयाँ नेतृत्व चुन्ने, भेला, बैठक र प्रशिक्षण चलाउने काम गर्दै आएको छ । शनिबारमात्र विदुर नगरकमिटीमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।

उनी ओटी गुटमा गएपछि नेपाल पक्षाको नुवाकोटको वलियो खम्वा ढलेको छ । शेरबहादुर देउवालााई प्रधानमन्त्री बनाउन परमादेश माग्दै सर्वोच्च अदालत गएका उनी अहिले पछुत्तो मानि रहेका छन् । मन्त्री हुने आशमा हस्ताक्षर गरेका उनी जस्तै धेरै सांसद एमालेमा प्रबेश गर्ने आँकलन गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा