सरकारले सोमबारदेखि कोरोना भाइरस विरुद्धको पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ।
यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई भोलि २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप दिइन लागिएको हो ।
भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट शनिबार र आइतबार आउने अस्ट्राजेनेका खोप लगाउन लागिएको हो । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाखभन्दा बढी ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।
खोप शाखा प्रमुख झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई अस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए।
अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड जेष्ठ नागरिकलाई गत चैतमा लगाइसकिएको छ। भारतबाट खोप आउने कार्य रोकिएपछि सरकारले अस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो।
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंको १२ वटै स्थानीय तहमा खोप स्थानमा खोप केन्द तोकेको छ । काठमाडौं महानगरमा मात्रै ६ वटा अस्पतालहरुबाट खोप लगाइँदैछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।