शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश


  • शुक्रबार, जेष्ठ २४ २०७६
16.1K
SHARES

भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिरासतमा लिएका शाहीलाई तत्काल रिहा गर्न माग गर्दै शाहीका तर्फबाट महेश डंगालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयक्तु इजलाशले शाहीलाई रिहा गर्न फैसला जारी गरेको हो ।

आदेशपछि प्रहरी हिरासतमा रहेको शाही थुनामुक्त हुनेछन् ।

किन पक्राउ परेका थिए शाही ?

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीले आफूले बोलाएको पत्रकारसम्मेलनमा पत्रकार उपस्थित नभएको भन्दै पत्रकारविरुद्ध कडा टिप्पणी गरेका थिए ।

गत वैशाख १८ गते आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए ।

पत्रकारलाई ‘दलाल र कुकुर’भन्दै जुम्लाका ज्ञानेन्द्र शाही अनलाइन र युट्युब च्यानलमा अन्तवार्ता दिँदै हिँडेका थिए ।शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो ।शाहीलाई जेठ १५ गते खुल्लामञ्चबाट प्रहरीले पक्राउलगत्तै हिरासतमा नराखेर काठमाडौं पठाएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा